सांसद शाहले कपिलबस्तुको कृष्णनगर नगरपालिका-३ का श्याम मिश्रालाई झण्डै दुईहप्ता अघि कुटपिट गरेका थिए ।ज्यानमार्ने उद्देश्यले कुटपीट गरेको भन्दै सांसद शाहविरुद्ध कारबाहीका लागि उजुरी दर्ता हुनुपर्ने मागसहित स्थानीयले आन्दोलन गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले बिहीबार उजुरी दर्ता गरेसँगै पक्राउ पुर्जीसमेत जारी भएको जनाएको छ ।
सांसद शाहलाई अब पक्राउ गर्ने बाटो खुलेको छ ।
उनले गएको स्थानीय तहको निर्वाचनमा आफ्ना काकाविरुद्ध उम्मेदवारी दिएर हराएको आरोपमा मिश्रालाई कुटपिट गरेका हुन् । मिश्राले उम्मेदवारी दिएपछि सांसद शाहका काका स्थानीय चुनावमा पराजित भएका थिए ।