काठमाडौँ – बाजुराको हिमाली गाउँपालिका-७ मा जीप दुघर्टना हुँदा ४ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हिमाली गाउँपालिका-६, धु्लाचौरबाट कोल्टीका लागि छुटेको से १ ज १०६४ नम्बरको जीप कालापड भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १ जना हराइरहेका बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंंह भाटले उज्यालोलाई जानकारी दिनुभयो । हराएका १ जनाको खोजी भैरहेको र घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भैरहेको पनि प्रहरी नायब उपरीक्षक भाटले बताउनुभो ।