images
images

बिहीबार ओमानी रियालबाहेक सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाण्डौ – बिहीबार ओमानी रियालको भाउ बढेको छ भने अरु विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ । बुधबार यसको १ को खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५२ पैसा थियो ।

 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा थियो ।

ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ १७ पैसा तोकेको छ । बुधबार यसको खरिददर २९७ रुपैयाँ ०५ पैसा रहेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा तोकेको छ । बुधबार यसको १ को खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा थियो ।

यस्तै बिहीबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७९ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा तोकेको छ । बुधबार यसको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २८ रुपैयाँ रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८६ पैसा तोकेको छ । बुधबार यसको खरिददर ३७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ९४ पैसा रहेको थियो । बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५ पैसा तोकेको छ । हिजो यसको खरिददर ३०२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ७२ पैसा थियो ।