काठमाडौँ – सिद्धबाबा अर्थात कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा छोड्ने आदेश दिएको छ । बलत्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्तेदार नगेन्द्रकेसरी पोखरेलले जानकारी दिनु भयो । ४ कात्तिकमा महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका कृष्णदास १६ मंसिरमा पक्राउ परेका थिए ।