images
images

आगाे ताप्ने क्रममा जलेर एक जनाकाे मृत्यु , एक जना घाइते

काठमाडौँ – प्रसौनी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धाकाे ज्यान गएको छ । त्यस्तै आगाे ताप्ने क्रममा एक जना वृद्धा घाइते भएकी छिन् ।

घरमा आगो ताप्ने क्रममा जलेर घाइते भएकी वडा नम्बर ७ की ७० वर्षीया सोनादेवी साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डाै ल्याउने क्रममा आइतबार बेलुकी ज्यान गएको हो ।

घाइते जितपुर सिमरा उपमहानगरपालिका २० की पास्पतीदेवी साहको भने वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चिसो बढेका कारण बाराका दलित र मुसहर बस्तीका बासिन्दा धेरै प्रभावित भएका छन् ।