काठमाण्डौ – इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा ब्राइटन विजयी भएको छ । ब्राइटनले एएफसी बर्नमाउथलाई २–० गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगको तालिकामा २३ अंकका साथ १४औँ स्थानमा उक्लिएको छ ।
ब्राइटनको जितमा अलिरजा जहाँबख्स र अरोन मोएले एक–एक गोल गरे । खेलको तेस्रो मिनेटमै अलिरजाले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको ब्राइटनले दोस्रो हाफमा पनि अर्काे गोल थप्यो । ७९औँ मिनेटमा ब्राइटनका लागि मोएले गोल गर्दै २–० को जित दिलाए ।