काठमाडौँ – अङ्ग्रेजी नयाँ वर्ष २०२० सुरु हुन मात्रै ४ दिन बाँकी छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यो समयमा विभिन्न देशबाट विदेशी नागरिकहरु आउनेछन् । यो समयमा नेपाल सरकार धेरै क्षेत्रमा तयारी अवस्थामा हुनुपर्छ । होटल व्यवसायदेखि, पर्यटकलाई सकारात्मक सन्देश प्रवाह गर्नको लागि हरेक क्षेत्रमा सक्रिय भूमिका आवश्यक छ ।
पर्यटकको स्वास्थ्यमा समस्या आएको खण्डमा फाष्ट ट्रयाकबाट वीरमा उपचारको लागि छुट्टै कक्षको व्यवस्था गर्ने छलफल भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै योगालाई प्रमोशन गर्नको लागि पोखरा लगायतको केही क्षेत्रमा योगाको व्यवस्था गरिने प्रवक्ता श्रेष्ठले बताए । यी सबै कार्यक्रमको प्रस्तावको तयारीमा बल्ल मन्त्रालय लागेको छ ।
यसअघि उपेन्द्र यादवले मन्त्रालयको जिम्मेवारी लिँदा कामभन्दा पनि भ्रमणलाई प्राथमिकता दिएको आरोप खेप्दै आएका थिए । भानुभक्त ढकाल स्वास्थ्य मन्त्रालयमा आएपछि कामले तिव्रता पाउला भन्ने आशा भएपनि भिजिट २०२० मा मन्त्रीले चासो दिएको पाइँदैन ।
विभिन्न राष्ट्रबाट पर्यटक आउँदा सँगै नयाँ रोग पनि पक्कै आउने छन् । यस्ता विषयमा मन्त्रालयले विशेष चासो दिनुपर्ने हो । आएका पाहँनाको स्वास्थ्यमा समस्या देखिएको खण्डमा उपचारको लागि सरकार तयारीमा अवस्थामा हुनुपर्ने हो । तर मन्त्रालयको तयारी हेर्दा भोली पर्यटक बिरामी परेको अवस्थामा नीजि अस्पतालमा महङ्गो मूल्यमा सेवा लिन बाध्य हुने र रेस्क्यूको बाहानामा फेरि पर्यटक नठिगिएलान् भन्न सकिन्न् ।