images
images

रुपन्देहीमा घुससहित सशस्त्र प्रहरी निरीक्षक र हवलदार पक्राउ

काठमाडौँ  – रुपन्देहीमा घुस लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षक (डीएसपी) र हवालदारलाई अख्तियारले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका अनुसार सशस्त्र प्रहरी बेस क्याम्प बिष्णुपुराका प्रमुख तथा प्रहरी निरीक्षक तेजबहादुर जोरा र सहायक हवलदार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन ।

उनीहरुलाई गैडहवा गाउँपालिका ३ को सगरहवाबाट नियन्त्रणमा लिइएको आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो । उनीहरुले घरायसी सामग्री ओसारपोसारमा सहयोग गरिदिने भन्दै घुस लिएका थिए ।