images
images

रामचन्द्र पौडेल : नेविसंघको विवाद चाँडै अन्त्य हुन्छ

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेविसंघको विवाद चाँडै अन्त्य हुने बताएका छन् । कांग्रेसको विद्यार्थी संगठनका नेताहरु विवाद अन्त्य गर्न माग गर्दै पौडेलको निवास बोहराटार बुधबार पुगेका थिए । उनीहरुले वरिष्ठ नेता पौडेलसँग नेविसंघको विवाद तत्काल अन्त्य गर्न माग गरेका थिए ।

नेविसंघको विबादलाई लिएर पार्टीभित्र किचलो भइरहेको बेला नेविसंघका प्रतिनिधिहरुले विवाद समाधान गर्नको लागि वरिष्ठ नेता पौडेललाई भेटेका हुन् । वरिष्ठ नेता पौडेलले पार्टीले भातृ संगठनलाई चाडै पूर्णता दिने आश्वासन दिएको बुझिएको छ । उनले भातृ संगठनलगायतको बिवाद सामधान गर्न पार्टीभित्र गम्भीर छलफल भइरहेको बताएका थिए ।

उनले केही दिन भित्र सबैलाई सम्मानजनक स्थान हुने गरी बिवाद मिलाइने वरिष्ठ नेताले विद्यार्थी नेताहरुलाई आश्वासन दिए । उनले भने, ‘नेविसंघलाई पूर्णता दिनको लागि नेताहरुबीच छलफल भइरहेको छ ।’