काठमाडौँ – पालुङटार नगरपालिका–६ बुढीचौरमा जिप दुर्घटना हुदा ५ जना घाइते भएका छ। बुढीचौरबाट काठमाडौं जादै गरेको ग १ ज ७४९४ नम्बरको जीप ओरालोमा चिप्लिएर सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जना यात्रु घाइते न् भएका छ।
घाइते हुनेमा पालुङटार नगरपालिका–६ का विकास रोका, सरस्वती मल्ल, बर्दियाको ठाकुरबाबा गाउँपालिकाका जयराम थारु, रामबहादुर थारु र रमेश थारु रहेको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ । घाइतेमध्ये रोकाको अवस्था गम्भीर रहेको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।