images
images

ब्राउन सुगरसहित एक युवक पक्राउ

काठमाडौँ – सिरहा प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीले गोलबजार नपा १० धर्मपुरका २५ वर्षीय संजय मुखियालाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा पुगेको प्रहरीले गोलबजार १० कै धर्मपुर बुद्धचोकबाट बिक्रीगर्न बसेका मुखियाको साथबाट प्लाटिकका १४ वटा पोकाबाट अन्दाजी १ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको डिएसपी सन्तु जयसवालले जानकारी दिए । पक्राउ परेका मुखियालाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।