images
images

३२ जना बिद्यार्थीलाई बेटर गाेरखाद्वारा न्यानाे कपडा बितरण

काठमाडौँ – बेटर गाेरखा अभियान अन्तर्गत गाेरखा जिल्ला पालुङ्टार नगरपालिका वडा न ६ स्थित श्री जनज्योति आधारभूत बिध्यलायाका ३२ जना बाल बालिकाहरूलाई उपहारस्वरूप  न्यानाे माया मार्फत स्वीटर र टाेपी वितरण गरिएकाे छ । भवानी पूर्ब विध्यार्थी मन्च SLC ब्याच २०६२ र बेटर गाेरखाकाे संयुक्त आयोजना तथा बिध्यालयकाे सहकार्यमा उक्त सामग्री वितरण गरिएकाे थियाे।

कार्यक्रमको अध्यक्षता वि.ब्य.स. का अध्यक्ष श्री प्रेम बहादुर खड्काले गर्नु भएकाे थियाे भने कार्यक्रम संचालन साेहि विध्यालयका प्र .अ. श्री अर्जुन बहादुर तिवारीले गर्नु भएकाे थियाे । कार्यक्रममा विध्यालयका शिक्षक शिक्षिका, बालबालिका तथा अभिभाबक हरूकाे पनि उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा बेटर गाेरखाका संयाेजक श्री रमेश पराजुलीले जाडाेकाे समयमा विपन्न बर्गका विध्यार्थीहरू एक जाेर स्वीटर र टाेपीकाे अभावमा विध्यालय जानबाट बन्चित हुन नपराेस् भन्ने उदेश्यका साथ यस कार्यक्रम संचालन गरिएकाे जानकारी दिनुभयाे। बेटर गाेरखाका अभियानकर्ता साथै भवानी SLC ब्याच २०६२ का साथीहरू मार्फत संकलित रकमबाट कार्यक्रम संचालन गरिएकाे जानकारी दिनुभयाे।

बिध्यालयका प्र.अ. श्री अर्जुन बहादुर तिवारीले विध्यालयमा संचालन हुने यस्ता किसिमका सहयाेगी कार्यक्रमले विध्यार्थीबर्गमा सकारात्मक सन्देश प्रवाह हुन गई विध्यालयकाे शैक्षिक गुणस्तरमा समेत टेवा पुग्ने बताउनुभयाे । वि.ब्य.स.का अध्यक्ष श्री प्रेम बहादुर खड्काले यस्ता कार्यक्रम मार्फत विपन्न वर्गमा रहेका बालबालिका हरूकाे जाडाेकाे समयमा न्यानाे पाेषाककाे अभाबमा विध्यालय छाड्ने दर धटाउन मद्दत पुग्ने बताउनुभयाे ।

यस कार्यक्रम आयोजना गर्नुभएकाेमा बेटर गाेरखा अभियान तथा भवानी पूर्ब विध्यार्थी मन्च SLC ब्याच २०६२ लाई हार्दिक धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि यस्तै किसिमका कार्यक्रमको अपेक्षा सहित कार्यक्रमको समापन गर्नु भएकाे थियाे ।