images
images

पर्यटन मन्त्री भट्टराई् : भीमसेन थापाले हामीलाई जिम्मा लगाएको भूमीको हामी रक्षा गछौं

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश कुमार भट्टराईले भीमसेन थापाले जिम्मा लगाएको नेपाली भूमीको रक्षा हामी सबै नेपालीहरु मिलेर गर्ने बताएका छन् । आज गोरखा नगरपालिका वडा नं ४ स्थित पिपल थोकमा थापाको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् ।

एक वर्ष नपुग्दै प्रधानमन्त्री फेरिरहने पछिल्लो चरणमा हामीले देखिरहेका थियौं, तर भीमसेन थापाले ३२ वर्षसम्म प्रधानमन्त्री भएर काम गर्नुभयो । गोरखा जिल्लाको विकट स्थानमा जन्मिएर लामो समयसम्म राज्यको कार्यकारी हुनु सामान्य नरहेको उनले बताए । यस्ता महान व्यक्तिको शालिक अनावरण गर्नपाउनु आफू पनि भाग्यमानि भएको उनको भनाई थियो ।

थापाको शालिक हेरिहँदा हामीलाई उहाँले जिम्मा लगाएको भूमीको रक्षा गर्नुपर्ने र भावि पुस्तालाई नेपाल देखाउनुपर्ने अविभारा रहेको उनले बताए । विश्वमा एक मात्र मुलुक हिमाल, पहाड, तराई भएको नेपाल मात्र एक भूमी रहेको उनको भनाई छ । शान्तिको देश नेपाल माथि विश्वका उदियमान शक्ति राष्टहरुले भूमी मिच्न नहुने उनले बताए ।

गोरखा जिल्लाका ऐतिहासिक, पुरातात्विक महत्वका क्षेत्रहरु संरक्षण गरी पर्यटन प्रवर्दन गर्नुपर्ने उनले बताए । पालुङ्टार विमानस्थलको जग्गा घेरावारका लागि बजेट विनियोजन गरिसकेको बताउँदै साना जहाज उड्ने गरी एयरपोर्ट निर्माण गर्ने उनले बताए । ।

गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नं. १ का सांसद हरीराज अधिकारी, जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, नगरपालिका उपप्रमुख विना श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।