images
images

सिरानचोकमा एकिकृत अखिल नेपाल शिक्षक संगठनको परिषद सम्पन्न

काठमाडौँ – गोरखाको सिरानचोक गाउँपालिकामा एकिकृत अखिल नेपाल शिक्षक संगठन को पहिलो परिषद सम्पन्न भएको छ । संगठनका पुष्पराज ढकाल. को अध्यक्षतामा सम्पन्न परिषदमा संगठनका केन्द्रिय सदस्य रामकाजी अधिकारीले प्रमुख अतिथिको रुपमा बोल्दै संगठनका गतिविधी तथा आगामी कार्यनितीको बारेमा समेत प्रशिक्षणमूलक भनाइहरु राख्नुभएको थियो ।

रेशमराज ढकालले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल शिक्षक महासंघ सिरानचोक गाउँपािलका अध्यक्ष गंगा कुमाल विशेष अतिथि रहनुभएको थियो । त्यस्तै कार्यक्रममा जिल्ला सददस्य हाँस बहादर तामाङ, गंगा कुमाल, दिपक पराजुली लगायतकाले मन्तव्य राखेका थिए । परिषदबाट ६१ सदस्यीय समिति समेत गठन भएको छ ।

परिषदमा बर्तमान अवस्थामा रहेको शैक्षिक समस्या, इसिडी शिक्षकहरुको समस्या, पोष्टिङमा देखिएका समस्या लगायतका विषयमा समेत ध्यानाकर्षण भएको केन्द्रिय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रम छोप्राकको मण्डली मा.वि.मा भएको थियो ।