काठमाण्डाै – सुनको भाउ आज तोलाको तीन सय रुपैयाँले बढेको छ । सुन भाउ आज तोलाको ७१ हजार नाै सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
केही दिनदेखि स्थिर रहि तोलामा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको साेमबार तोलामा तीन सय रुपैयाँ बढेको हो । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।


जनता भ्वाइस 








