पाकिस्तानले ३ विकेट क्षतिमा ५ सय ५५ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो । ४ सय ७६ रनको विशाल लक्ष्य लिएर चौथो इनिङमा ब्याटिङ गर्न आएको श्रीलंका २ सय १२ रनमै अलआउट भयो । श्रीलंकाका ओपनर ओसान्दा फर्नान्डोले क्रिजमा लामो समय संघर्ष गरेका थिए ।शतकीय इनिङ खेलेका फर्नान्डो स्पिनर यासिर शाहको हातबाट आउट भए ।
विकेटकिपर निरोशन डिकवेल्लाले ७५ बलमा ६५ रन बनाए । यी दुईबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् । श्रीलंकाले आफ्नो खातामा कुनै रन नथपि पछिल्ला चार विकेट गुमाएको थियो । पाकिस्तानका साइन अपि|mदीले पहिलो इनिङमा पाँच विकेट लिएका थिए भने दोस्रो इनिङमा नसिम शाहले पाँच विकेट लिए ।