काठमाण्डाै – काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसको हाराहारीमा झरेको छ । साेमबार बिहान ६ बजे काठमाण्डौको तापक्रम अहिलेसम्मकै कम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अझै केही दिन तापक्रम अहिलेको जस्तै रहने र तत्कालै पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । साेमबार पनि तराईमा बाक्लो कुहिरो लागेको छ । दिउँसो केहीबेर कुहिरो हटे पनि केही दिनदेखि बिहान र बेलुका बाक्लो कुहिरो लाग्दा घरबाहिर निस्कनसमेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।
केही दिनयता तराईका क्षेत्रमा लगातार जस्तै कुहिरो लाग्दा जनजीवन प्रभावित भएको हो । साेमबार पनि तराईमा दिउँसो १ बजेसम्म कुहिरो लाग्ने र त्यसपछि हट्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । मंगलबारबाट भने कुहिरो लाग्ने क्रम बिस्तारै कम हुँदै जाने उहाँले बताउनुभयो । अरु ठाउँको मौसम भने साेमबार सामान्यतया सफा नै रहने पनि उहाँले जानकारी दिनुभयो ।