images
images

गंगा जमुना गाउँपालिकामा प्राविधिक सेवासहितको अस्पताल सञ्चालनमा

काठमाडौँ – धादिङको गंगा जमुना गाउँपालिकाले आइतबार प्राविधिक सेवासहितको अस्पताल सञ्चालनमा ल्याएको छ । गंगा जमुना गाउँपालिका वडा नम्बर ५ मा रहेको फुलखर्क स्वास्थ्य चौकीलाई प्रस्तावित ग्रामिण अस्पतालको रुपमा पालिकाको आन्तरिक श्रोतबाट सञ्चालन गर्न लागेको हो ।

गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारी र उपाध्यक्ष एण्जिला तामाङले अस्पतालको उद्घाटन गर्दै गाउँलेलाई गाउँमै विशेषज्ञ सेवा दिने उद्देश्यले अस्पताल सुरु गरेको बताउनुभयो । गाउँपालिका विकट भएकोले विशेषज्ञ सेवाका लागि सदरमुकाम पुर्‍याउन कठिन हुने र वर्षको समयमा बजारसम्म पुर्‍याउन नसकिने भएकोले गाउँपालिकाले अस्पताल सञ्चालन गरेको हो ।

अस्पतालमा एक्सरे सेवा र प्रयोगशाला सेवासमेत सुरुवात गरिएको छ । गंगाजमुना गाउँपालिकामा रहेका ५ स्वास्थ्यचौकीमा यसअघि नै प्रयोगशाला सेवा सञ्चालनमा रहेको छ । गाउँपालिकाभित्र रहेका सबै बर्थिङ सेन्टरमा प्रसूतिको लागि आउने सुत्केरी महिलालाई नि:शुल्क खान र बस्न को लागि प्रसूति कुरुवा घरको व्यवस्था गरिएको स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनुभयो ।

यसबाट घरमा हुने सुत्केरी शून्य बनाउने र सुत्केरीपछि आमा र बच्चाको मृत्युदरमा कमी आउने छ । अस्पतालमा १ जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीहरु रहने छन् ।