काठमाडौँ – चलचित्रको ट्रेलरले युटुब ट्रेन्डिङको पहिलो स्थान पाउन सजिलो छैन । किनकी, चलचित्रको ट्रेलर दोहोर्याएर हेर्ने जमात निकै कम हुन्छ । यसमाथि, पछिल्लो समयमा नेपालमा साउथ चलचित्रको दबदबा खुबै छ । यटुबुमा साउथ चलचित्र हेर्ने जमात बढेको छ । अहिले पनि युटुब ट्रेन्डिङमा साउथका चलचित्रको दबदबा नै छ ।
तर, बिहिबार सार्वजनिक भएको चलचित्र ‘आमा’को ट्रेलरले युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा पकड जमाएको छ । मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारले अभिनय गरेको चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् । धेरै दर्शकले चलचित्रको ट्रेलरले नै रुवाएको प्रतिक्रिया समेत दिएका छन् ।


जनता भ्वाइस 








