images
images

‘मिस अमेरिका २०२०’को उपाधि जितिन् क्यामिलाले

काठमाडौं – ‘मिस अमेरिका २०२०’को उपाधि २४ वर्षीया बायोकेमिस्ट क्यामिला श्रीयरले जितेकी छिन् । उनले ५० प्रतिस्पर्धीलाई पछि पार्दै मिस अमेरिका २०२०’को ताज पहिरिएकी हुन् । उनी स्टेजमा ल्याब कोट पहिरिएर आइन् र निर्णायकहरूलाई रसायनशास्त्रको प्रयोग गरेर देखाइन् ।

उनको प्रतिभाले निर्णायकहरू प्रशन्न भए । ‘मिस अमेरिका २०२०’को उपाधि हात पारेकी क्यामिलाले ताजसँगै ५० हजार डलर पनि पाएकी छिन् । उनले जितेको उक्त पुरस्कारको रकम औषधोपचार सुरक्षा कार्यक्रममा खर्च गर्ने  बताएकी  छिन् ।