कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको फाइनलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । यस अवधिमा दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।
थप गरिएको ३० मिनेटको नवौं मिनेटमा ब्राजिलियन खेलाडी फिर्मिनोले नै ब्राजिलियन क्लबविरुद्ध गोल गर्दै लिभरपुललई अग्रता दिलाए । अन्ततः त्यही गोल निर्णायक बन्दा लिभरपुलले उपाधि जित्न सफल भएको हो ।
सन् २००८ मा म्यानचेष्टर युनाइटेडले उपाधि जितेयता लिभरपुल क्लब विश्वकप जित्ने पहिलो इंग्लिस क्लबसमेत बनेको छ । सन् २००५ मै लिभरपुल फाइनल पुगे पनि त्यतिबेला ब्राजिलकै साओपाउलोसँग पराजित भएको थियो ।
लिभरपुलका मोहम्मद सलाहले उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल अवार्ड पाए । प्लेमेङ्गोका ब्रुनो अनरिकेले सिल्भर बल र अल हिलालका कार्लोस एडुओर्डोले ब्रोन्ज बल जिते ।