images
images

मेस्सीकाे गाेल संख्या ५० पुग्याे, एलाभेस ४–१ ले हरायो

काठमाण्डौ – स्पेनिस ला लिगा अन्तर्गत शीर्ष स्थानको बार्सिलोनाले डिपोर्टिभो एलाभेसमाथि सहज जित निकालेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले डिपोर्टिभोलाई चार– एक गोल अन्तरले हरायो ।

खेलको १४ औं मिनेटमा एन्टोइज ग्रिजमनको गोलमा बार्सिलोनाले खेलमा अग्रता बनायो । त्यसपछि ४५ औं मिनेटमा अर्टुरो भिडालको गोलमा बार्सिलोनाले अन्तर दुई–शून्यमा पुर्‍यायाे ।

पहिलो हाफमा दुई–शून्यको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्दा डिपोर्टिभोले एक गोल फर्कायो । ५६ औं मिनेटमा डिपोर्टिभोको तर्फबाट पीरी पोन्सले गोल गर्दै गोल अन्तर दुई–एकमा पुर्‍याए तर ६९ औं मिनेटमा लियोनल मेस्सीको गोलमा बार्सिलोनाले अन्तर तीन–एकमा पुर्‍यायाे ।

यो गोलसँगै सन् २०१९ मा क्लब र देशमा गरी लियोनल मेस्सीले गोल संख्या ५० पुर्‍याएका छन् । त्यसपछि ७४ औँ मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो । जसलाई लुइस स्वारेजले गोलमा परिणत गर्दै अन्तर चार–एकमा पुर्‍याए । त्यसपछि एलाभेसले थप गोल गर्न सकेन र बार्सिलोना चार–एकले विजयी भयो ।

यो जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियाल मड्रिडसँगको दुरी तीन अंकमा पुर्‍याएकाे छ । १८ खेलमा बार्सिलोनाको ३९ अंक भएको छ । रियालको ३६ अंक छ ।