images
images

तराईमा हुस्सुकाे प्रभाव कम हुदै जाने र पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाण्डौ – तराईमा केही दिन अघिदेखि लागेको हुस्सु र शीतलहको प्रभाव शुक्रबार बेलुकीदेखि कम हुने मौसमविद्ले बताएका छन् । आज केही पानी पर्ने सम्भावना भएकाले तराईको हुस्सु र शीतलहर बेलुकीदेखि बिस्तारै हट्दै जाने र अन्य ठाउँको मौसम पनि क्रमशः खुल्दै जाने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

तराईमा शीतलहर कम भए पनि आज पश्चिमी वायुको प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज पश्चिमी पहाडी भेगको १,२ ठाउँमा पानी पर्ने सम्भावना पनि रहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।