काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिन ३ केजीसहित बोलिभियन नागरिक हिरेरा आरटिगावल्गालाई बिहान प्रहरीले पक्राउ गरेको छ।
फ्लाइट दुबईको उडानद्वारा काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरस्थित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको आगमन कक्षमा जाँच गर्ने क्रममा उनको सुटकेसभित्र उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो।


जनता भ्वाइस 







