images
images

नेपाल राष्ट्र बैंककाे ‘वैदेशिक रोजगार बचतपत्र बिक्री’ सुरु

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र, २०८१’ बिक्री सुरु गरेको छ । वार्षिक १० प्रतिशत ब्याज दिनेगरी बैंकले मंगलबारदेखि बचतपत्र बिक्री सुरु गरेको हो । बचतपत्र यही पुस २१ गतेसम्म बिक्री हुने बैंकले जनाएको छ ।

बैंकले घटीमा पाँच हजारदेखि बढीमा पाँच हजारले भाग गर्दा निशेष भाग जानेगरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने व्यवस्था गरेको छ । यो बचतपत्र देश बाहिर रोजगारीमा संलग्न वा देश बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक, गैरआवासीय नेपाली नागरिकका आफन्त तथा परिवारले खरिद गर्न पाउनेछन् ।

बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाउने व्यवस्था गरिएको छ । बचतपत्रको ब्याजमा कर लाग्ने भए पनि ६-६ महिनामा खरिदकर्ताले आफैँले वा इच्छाएको व्यक्तिलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।