काठमाण्डौ – राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरणसिंह चेम्जोङ आबद्ध मिनर्भा पञ्जाब विजयी भएको छ । सोमबार भएको खेलमा मिनर्भा पञ्जाबले इण्डियन एरोजलाई एक-शून्य गोल अन्तरले पराजित गरेको हो । किरणको टिम पञ्जाबको यो लगातार दोस्रो जित हो ।
घरेलु मैदान गुरु नानक स्टेडियममा भएको खेलमा पञ्जाबलाई जिताउन एसर पाइरिक डिपान्डाले ८०औँ मिनेटमा गोल गरे । उनको एक गोल नै पञ्जाबका लागि निर्णायक गोल बन्यो ।
यो जितसँगै किरणको टिम पञ्जाब सात अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । यसअघि भएको खेलमा पञ्जाबले पूर्व आई लिग च्याम्पियन चेन्नई सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दा किरण चेम्जोङ ‘म्यान अफ् द म्याच’ भएका थिए ।