images
images

राेनाल्डाेकाे दुई गाेल : युभेन्टसले उडिनेसेलाई हरायाे

काठमाडौँ  – इटालियन सिरी ए मा युभेन्टस फेरि लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा उडिनेसेलाई ३-१ गोल अन्तरले युभेन्टस शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।खेलको ९औँ मिनेटमा रोनाल्डोको गोलमा युभेन्टसले अग्रता बनायो । त्यसपछि ३७ औं मिनेटमा गोञ्जालो हिगुइनको पासमा रोनाल्डोले व्यक्तगत दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । त्यसपछि ४५ औं मिनेटमा बुनुचीको गोलमा युभेन्टसले अन्तर ३-० मा पुर्‍यायाे ।

पहिलो हाफमा नै तीन गोलले पछि परेको उडिनेसेले दोस्रो हाफमा एक गोल फर्कायाे । उसका लागि खेलको इञ्जुरी समयमा पुसेतोले गोल गरे । यो जितले युभेन्टसले १६ खेलमा ३९ अंक बनाएको छ ।