महोत्तरी – महोत्तरीको मटिहानी नगरपालिका–९ स्थित सडकमा सशस्त्र प्रहरीले आज ९०० बोतल लागुपदार्थसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत–१ बस्ने १९ वर्षीय राकेशकुमार महतो रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं गण हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए ।
लागुऔषधसहित पक्राउ परेका युवकलाई आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरीले आजै जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।