कोरिया – आप्रवासी कामदारमाथि हुने विभेद अन्त्यको माग राख्दै दक्षिण कोरियामा मजदूरहरूले विरोध प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर मजदूरहरुले आइतबार राजधानी सिउलमा विरोध प्रदर्शन गरेका हुन् ।
मजदूरहरुले पहिलो चरणमा विरोध प्रदर्शन गरेका थिए भने दोस्रो चरणमा मार्चपास गरेका थिए । कार्यक्रममा विभिन्न देशका आप्रवासी श्रमिक साथै केसीटियु प्रतिनिधिको सहभागिता रहेको थियो ।