images
images

गायक सन्दिप न्यौपानेको ‘तिम्रै हुनु छ’ बोलको गीत सार्वजनिक

काठमाडौं – गायक तथा मोडल सन्दिप न्यौपानेको ‘तिम्रै हुनु छ’ बोलको गीत सार्वजनिक भएको छ । एट के मोसन पिक्चरर्सको युट्युब च्यालनबाट गीत सार्वजनिक भएको हो । गीतमा गायिका शाहीमा श्रेष्ठले सन्दिपलाई आवाजमा साथ दिएकी छन् ।

दिपक शर्माको शव्द तथा संगीत रहेको गीत राम्रो रहेको दर्शकहरुले प्रतिकृया जनाएका छन् । गीतमा एलिसा राई र अर्जुन गौतमको अभिनय रहेको छ । गायक न्यौपानेका यसअघि पनि बिभिन्न गीतहरुले निकै लोकप्रियता कमाउन सफल भएका छन् ।

यो गीतले पनि आफुलाई दर्शकहरु माझ परिचित गराउने आशा छ गायक न्यौपानेको । यसअघि उनको लालुमै बोलको लोक दोहोरी गीतले सर्वाधिक चर्चा कमाएको थियो ।