विद्यमान करका दरको अतिरिक्त राष्ट्रपति ट्रम्पले यसअघि करिब १६० अर्ब डलर बराबरका चिनियाँ सामानमा १५ प्रतिशत अतिरिक्त कर लगाउने धम्की दिनुभएको थियो जसमा अमेरिकी उपभोक्ताहरुमाझ लोकप्रिय इलेक्ट्रोनिक्स र कपडा जस्ता वस्तुहरू पनि समावेश थिए ।अमेरिकी घोषणाको प्रत्युत्तरमा चीनले पनि अमेरिकी सवारी साधनमा २५ प्रतिशत र सवारी साधनका पार्टपूर्जामा ५ प्रतिशत करवृद्धि गर्ने धम्की दिएको थियो । यो करवृद्धि प्रस्ताव गत वर्ष नै घोषणा गरिएको भएपनि अमेरिकासँगको व्यापार वार्तामा सहज वातावरण निर्माणका लागि भन्दै चीनले पछि यी करवृद्धि प्रस्ताव स्थगित गरेको थियो ।
काठमाडौँ – चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको घोषणा गरेसँगै चीनले यस्तो कदम चालेको हो ।
चीनले अमेरिकाका केही सामानको आयातमा १० प्रतिशत र ५ प्रतिशतको करवृद्धि गर्ने योजना हाललाई स्थगित गरेको छ, र “अमेरिकामा निर्मित अटो र स्पेयर पार्ट्समा थप करवृद्धि स्थगित गरिएको छ,” चिनियाँ अर्थ मन्त्रालयले आइतबार घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “प्रथम चरण”को व्यापार सम्झौताको एक हिस्साका रूपमा चिनियाँ उत्पादनहरुमा नयाँ करवृद्धि प्रस्ताव रद्द गरेका थिए ।


जनता भ्वाइस 







