रक्षासिंह अध्यक्ष पदमा १ मतले विजयी भइन् । यस्तै निटकतम प्रतिद्वन्द्वी सुचित्रा श्रेष्ठले ४४ मत ल्याइन् । विजयी रक्षाले ४५ मत आफ्नो पोल्टामा पारिन् । अध्यक्षका अर्का उम्मेदवार लक्ष्मण रिजाल १९ मत ल्याए भने शेखर खनालले ३ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्ष पदमा राजु अधिकारी विजयी भएका छन् भने महासचिव तर्फ जनकदीप सापकोटाले विजयी हासिल गरे । यस्तै सचिव पदमा अरुण कुमार प्रधान विजयी भएका छन् । यता कोषाध्यक्षतर्फ सुमुद्र भट्ट निर्विरोध विजयी भएकी थिइन् ।
३ वर्षपछि भएको निर्वाचनमा चल्तीका निर्देशकको भने उपस्थिति देखिएन । केही चर्चित निर्देशकले नयाँ सिराबाट निर्देशक समाजलाई अगाडि लैजान चाहेका थिए । किनकि, निर्देशक समाज लगभग गुमनाम छ । नयाँ कार्यसमितिले कम्तिमा काम गर्ने धेरैले आशा लिएका छन् ।
मत विवरण:
रक्षा सिंह राणा – ४५ मत (विजयी)
सुचित्रा श्रेस्ठ- ४४ मत
लक्ष्मण रिजाल- १९ मत
शेखर खनाल – ३ मत
उपाध्यक्ष:
राजु अधिकारी – ५८ मत (विजयी)
विजय रत्न तुलाधर – ५७ मत
राजेन्द्र कुमार उप्रेती – ६२ मत (विजयी)
आरबिके शरद – २१ मत
महासचिव:
समीर बलामी- ४० मत
जनकदीप पराजुली- ६१ मत (विजयी)
दिनेश लिंगदेन – ११ मत
सचिव:
अरुण कुमार प्रधान – ५९ मत (विजयी)
जनक खड्का – ३६ मत
बिश्वमणि घिमिरे – १७ मत
निर्विरोध:
कोषाध्यक्ष – समुन्द्र भट्ट
सह कोषाध्यक्ष – हरी सिलवाल
सदस्यहरू- किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नविन अवाल
मुख्य सहायक तर्फबाट सदस्य:
थमन सिंह पुर्जा, सुरेश न्यौपाने