धादिङ – प्रदेश नं.३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले देशको विकासमा उद्योग व्यवसायिहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । धादिङ उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारण सभामा शनिबार बोल्दै मन्त्री जम्मरकट्टेलले कट्टेलले व्यवसायीहरुलाई नयाँ क्षेत्रको पहिचान गरि लगानी गर्न आग्रह पनि गर्नुभयो ।
यस्तै प्रदेश सांसद डा.रामकुमार अधिकारीले देश समृद्धिको बाटोमा अघि बढी सकेकाले सबै क्षेत्रको सहयोग र सहकार्यको आवश्यकता रहने बताउनुभयो । यस्तै नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गानाले बुढीगण्डकी आयोजना बन्ने वातावरण तयार नभएमा स्थानीय तहका आफूहरु सबै राजीनामा दिएर आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।
संघका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव लोकनाथ डल्लाकोटीले संघको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, पूर्व सांसद रामनाथ अधिकारी, महासंघका एसोसियेट अध्यक्ष चन्द्र ढकाल र व्यवसायीहरु गुणनीधि तिवारी, नरेन्द्र कुमार खड्का, प्रभातकिरण सुवेदी र धुर्व बहादुर थापा लगायतको सहभागीता थियो ।