images
images

धादिङमा बिहेको भोलिपल्टै श्रीमतीको हत्या

धादिङ – धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले बिहेको भोलिपल्टै श्रीमतीको हत्या गरेका छन् । यहि मंसिर ९ गते दुलहीका रुपमा भित्र्याएका मकवानपुरकी २० वर्षीया अनिशा तामाङलाई बिहे गरेको भोलिपल्ट हत्या गरेका हुन् ।

घटनाको ढाकछोप गर्न प्रयोग गरिएको शौचालयको खाल्डोमा लुकाएका थिए । खाल्डो छोप्ने ढक्कन निकै ठूलो भएकोले अर्जुनले शव लुकाउन ढक्कन उठाउन काका ३२ वर्षीय छवि थापा र आफन्त ४७ वर्षीय इन्द्रबहादुर थापालाई समेत प्रयोग गरेका थिए ।

मंसिर १० गते दिउँसोसम्म नयाँ दुलही अनिशालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा नदेखेपछि उनीहरुले अर्जुनलाई सोध्दा माइती गएकी भनेका थिए । छिमेकीले घटनाबारे शंका गरेपछि प्रहरीलाई खबर गरेका थिए ।
गाउँलेहरुको सूचनाका आधारमा प्रहरीले अनिशाका श्रीमान् अर्जुन थापा मगर, उनका काका ३२ वर्षीय छवि थापा मगर ४७ वर्षीय इन्द्र थापा मगरलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले प्रारम्भिक अनुसन्धानबाट घटना हत्या भएकोले तीन जनालाई अनुसन्धानपछि कर्तव्य जान मुद्दा चलाइने बताएका छन् ।