images
images

औषधि व्यवसायी साहको घरमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु

धनुषा – धनुषाको थिरेश्वरनाथ नगरपालिका ५ स्थित औषधि व्यवसायी राजेश साहको घरमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । शुक्रबार मध्यराति भएको विस्फोटमा एकजना प्रहरीसहित तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर साहले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिर दाहाल, औषधी व्यवसायी राजेश साह र उनका छोरा रहेका छन् ।

विस्फोटमा गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा शनिबार बिहान ६ः५० मा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले पुष्टि गर्नुभयो । राजेश साहले आफ्नो घरमा बम राखेको थाहा पाएपछि प्रहरी निरीक्षक दाहाललाई बोलाउनुभएको थियो ।

विस्फोटमा परि राजेश साहका एक छोरा र एक छोरी घाइते भएका छन् । बम कसले र किन राख्यो भन्ने विषय पत्ता लाग्न सकेको छैन । प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।