काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मोरङको जहदा गाउँपालिका–१ का वडाध्यक्ष उमेशकुमार साहविरुद्ध २१ हजार रुपैयाँ बिगो तथा बिगोअनुसार जरिवाना मागदाबी गर्दै शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


जनता भ्वाइस 








