अहिलेसम्म प्राप्ततथ्य तथ्यांकले लिम्पियाधुरा नेपालकै हो भएको देखाएका समेत उनले बताइन् । उनले भनिन्, ‘सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्छ । यसका लागि डकुमेन्ट संकलन गरिरहेको छ ।’
भारतले नयाँ नक्सा जारी गरेपछि नेपालाले कूटनीतिक नोट पठाएको र सीमा निरीक्षण समिति गठग गर्ने निर्णय गरेकेा उनले बताइन् । ‘सरकार आफ्नो भूमि फिर्ता गर्ने पक्षमा छ । प्रधानमन्त्रीको मनसाय प्रधानमन्त्रीस्तरीय वार्ताबाटै भएपनि यो गने देखिन्छ’, मन्त्री अर्यालले भनिन् ।