त्यसैगरी संघीय संरचना अनुसार पार्टीको विधान बनाईसकेपछि त्यसको कार्यान्वयनका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा काम गर्न निर्वाचन समितिलाई दिएको जिम्मेवारी पूरा भएको छैन । कात्र्तिक भित्रमा सक्ने भन्ने थियो । यस विषयमा पनि समितिको संयोजकका हिसाबले राधेश्याम अधिकारीलाई सोध्ने एजेन्डा छ । त्यस्तै बैठकमा सरकारको काम र पछिल्लो राजनीतिक विषयवस्तुमा पनि छलफल हुनेछ ।
काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा विभिन्न ६ विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा भर्खरै सम्पन्न उपनिर्वाचन र उपनिर्वाचनबाट प्राप्त परिणामका विषयमा छलफल गर्ने एजेन्डा रहेको कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।


जनता भ्वाइस 








