काठमाण्डौ – भारतले वेस्ट इण्डिजविरुद्धको ३ खेलको टी–२० सिरिज २–१ ले जित्यो । यो सिरिजमा भारतीय कप्तान विराट कोहलीले १ सय १३ र रोहित शर्माले ९४ रन बनाए । यी दुवैको टी–२० करियरमा २ हजार ६ सय ३३ रन भयो ।
योसँगै कोहली र रोहित टी–२० मा सबैभन्दा धेरै रन बनाउने खेलाडीको रुपमा संयुक्त रुपमा पहिलो स्थानमा रहँदै सन् २०१९ को अन्त्य गर्नेछन् । १ सय ४२ वर्षको क्रिकेट इतिहासमा यो पहिलो संयोग हो, जहाँ कुनै फर्म्याटमा दुई जना खेलाडीको रन बनाउने मामिलामा पहिलो स्थानमा छन् ।
वेस्ट इण्डिजविरुद्ध मुम्बईमा खेलिएको तेस्रो टी–२० अघि कोहली रन बनाउनेमा पहिलो नम्बरमा थिए । रोहित मात्र १ रनले पछि थिए । यो खेलमा कोहलीले ७० र शर्माले ७१ रन बनाए । रोहितले ३४ बलमा ७१ रन बनाए भने कोहलीले २९ बलमा सानदार ७० रन बनाए ।
कोहली भर्सेज रोहित
रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा ४ सय छक्का प्रहार गर्ने पहिलो भारतीय
रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा ४ सय छक्का प्रहार गर्ने पहिलो भारतीय बनेका छन् । साथै उनी अन्तर्राष्ट्रिय क्रिकेटमा ४ सय छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् ।
सबैभन्दा धेरै छक्का वेस्ट इण्डिजका क्रिस गेल (५३४) ले प्रहार गरेका छन् । दोस्रो नम्बरमा पाकिस्तानका शाहिद अफिरीदी (४७६) रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी