images
images

देशभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । काठमडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आजदेखि बर्षा र हिमपात हुने भएकाेले देशभर चिसो बढेको जल तथा मौसम विज्ञान विभागले अनुमान गरेकाे हाे । विभागले बुधबार रातिदेखि तीन दिनसम्म मुलुकका अधिकांश ठाउँमा मौसम बदली, केही भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात हुने जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ विशेष बुलेटिन जारी गरी बुधबार साँझ पश्चिमी भूभागबाट नेपालमा न्यून चापीय प्रणाली प्रवेश भएको र पूर्व सर्ने क्रममा रहेको उल्लेख गर्दै मुलुकका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ । न्यून चापीय प्रणाली बिहीबार अझै सशक्त भई मुलुकका मध्य र पूर्वी भूभागमा समेत हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

मंसीर २६ गते (विहिबार)

दिउँसो: देशको पश्चिमी भुभागमा सामान्य देखि पूर्ण वदली साथै मध्य तथा पुर्वी भुभागमा सामान्य बदली रहनेछ। पश्चिम भेगका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारि हिमपातसाथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी तथा मध्य भेगका धेरै स्थानहरुमा साथै पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपातसाथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ ।