images
images

मुख्यमन्त्री पौडेलद्वारा सोमेश्वरगढीको अवलोकन

काठमाडौं – प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवन माडीस्थित सोमेश्वरगढी क्षेत्रको आज बिहान अवलोकन गरेका छन्। सो क्षेत्रमा कुँदिएका मूर्ति र निर्माणाधीन गोलपार्कको उनले अवलोकन गरेका हुन्।

मुख्यमन्त्री पौडेलले नेपाल भारत सिमाना सोमेश्वरगढीस्थित रहेका स्तम्भ र त्यहाँको अवस्थाका बारेमा पनि जानकारी लिए। सो अवसरमा उनले माडी पर्यटकीय हब बन्ने बताए। उनले सोमेश्वर क्षेत्रमा कुँदिएका मूर्तिले पर्यटकलाई आकर्षित गर्ने भन्दै विश्वभर प्रचारप्रसार गर्नुपर्ने धारणा राखे।

उनले प्रदेश सरकारले माडीको पर्यटन क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। ’माडीमा निर्माण भइरहेका योजनाले विकासको गोरेटो कोरिएको छ, यसले दीर्घकालसम्म उत्तिकै महत्व राख्दछ’, उनले भने। पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारका तर्फबाट माडीमै विशेष कार्यक्रम गर्नेे प्रतिबद्धता पनि मुख्यमन्त्री पौडेलले जनाए।

यसैगरी उनले माडीमा शुरू गरिएको सामूहिक खेती, मदन बाटिका पार्क, तटबन्धन र माछापोखरीको समेत अवलोकन गरे। सो क्रममा माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालले माडीमा निर्माण भइरहेका योजनाका बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए।