images
images

बैंक ह्याक गर्ने गिरोहका नाइजेरियन र ब्रिटिश नागरिक पक्राउ

काठमाडौं – प्रहरीले बैंक ह्याक गर्ने गिरोहका नेपालीसहित नाइजेरियन र ब्रिटिश नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले काठमाडौं उपत्यका र बाहिरका विभिन्न स्थानबाट आरोपीलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ।

प्रहरीले दोलखाको फुलवाका ५२ वर्षीय रमेश खड्का, नवलपरासीको रामग्रामका ३७ वर्षीय विश्वेश्वरप्रसाद तिवारी र १९ वर्षीय सन्दिप कलवारसहित नाइजेरियन र ब्रिटिश नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

आरोपी गिरोहले भारतको दिल्ली, मुम्बई, पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया र बेलायत लगायतमा बसेर नेपाली नागरिकलाई एजेन्ट बनाइ लामो समयदेखि भाइबर, ह्वाट्स एप, इमो, फेसबूक लगायत सामाजिक सञ्जालबाट चिठ्ठा परेको भनी प्रलोभनमा पारेको तथा बैंक तथा वित्तीय संस्था ह्याक गरेको पाइएको प्रहरीले जनाएको छ।