काठमाडौं – नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) जयनेपाल थापा घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार घुससहित उनलाई पाटनबाट पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखामा कार्यरत थापा १३ औं दक्षिण एसियाली खेलकुद (साग)को सुरक्षाका लागि सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरको कमाण्ड पोष्टमा परिचालन गरिएका थिए।
वैदेशिक रोजगारीको प्रयोजनका लागि ४० हजार घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन्। प्रहरीले उनी पक्राउ परेको पुष्टि गरेको छ।


जनता भ्वाइस 







