images
images

घुससहित २ जना इन्जिनियर पक्राउ

काठमाडौं– डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन २० लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सडक निर्माणअन्तर्गत रनिङ बिलको भुक्तानीका लागि ठेकेदारसँग मागेको २० लाख घुससहित श्रेष्ठ र महर्जन काठमाडौंबाट पक्राउ परेका हुन् । बिल भुक्तानीका लागि डिभिजन सडक प्रमुखले घुस रकम माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारको प्रधान कार्यालय काठमाडौंबाट खटिएको टोलीले दुवै जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।सिनियर डिभिजनल इन्जियिर श्रेष्ठ र इन्जिनियर महर्जनलाई घुस रकम लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–१० स्थित रोयल अलिना बेकरी क्याफेबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।