images
images

कतार एयरवेजको आयोजनामा सांगितिक प्रस्तुती

दोहा– मध्य पूर्वका प्रशिद्ध गायक रह्मा रियाद, फहाद अल कुबाइसी र ओमर अल अब्दालतले दोहा एक्जिबिशन र कन्बेशन सेण्टरमा कतार लाइभ श्रृखंला अन्तरगत आफ्नो प्रस्तुती दिएका छन् ।कतार लाइभ कतार एयरवेज र कतारको राष्ट्रिय पर्यटन परिषद्को विशेष सांगातिक प्रस्तुती हो । यो श्रृखंला कतारमा हुने २४ औँ अरेबियन गल्फ कप कतार (२६ नोमेम्बर देखि ८ डिसेम्बर) र फिफा क्लब विश्व कप कतार २०१९ (११ डिसेम्बर देखि २१ डिसेम्बर सम्म सञ्चालित हुने)को उपलक्ष्यमा दर्शकलाई मनोरञ्जन दिने हेतुले यो कार्यक्रम सञ्चालन भएको हो ।कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अक्बर अल बेकरले यो कार्यक्रमले स्थानीयलाई संगीतको आनन्द प्रदान गर्नुको साथै मध्यपूर्वका कलाकार र स्थानीय कलाकारले कला अन्र्तराष्ट्रिय स्तरमा पहिचान हुने बताए ।