पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरूमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने हुँदा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरूमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ’, विभागले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श जारी गर्दै भनेको छ ।
विभागका अनुसार, आगामी शुक्रबारसम्मै यी क्षेत्र हिमपातको चपेटामा परिरहनेछन् । त्यसपछिका दिनमा हिमपात यथावत रहन्छ या हट्छ भन्नेबारे भने विभागले केही खुलाएको छैन । विभागसँग प्रविधि नभएकाले उसले ३ दिनको मात्रै मौसमी अनुमान गर्ने गरेको छ ।
पश्चिम, मध्य र पूर्वी पहाडी भागमा वर्षा
विभागका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि रातिबाट भने पश्चिम निम्न चापीय प्रणाली विकास हुनेछ । हाल देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली भए पनि पश्चिम भू–भागसँगै मध्य र पूर्वी पहाडी भूभागका एक दुई स्थानमा दिउँसो र राति हल्का वर्षाको सम्भावना मौसमविद्ले औंल्याएका छन् । मौसमविद्हरूका अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहनेछ ।