काठमाडौँ – नेपाल तरुण दलले खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई बर्खास्त गर्न माग गरेको छ । नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले विज्ञप्ति जारी गर्दै दुवैलाई बर्खास्त गर्न माग गरेका हुन् ।
तरुण दलले १३ औँ दक्षिण एसियाली खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको भन्दै दुवैलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरी कारवाही गर्न माग गरेको हो ।