images
images

अज्ञात समूहद्धारा दुई वडा कार्यालयमा आगजनी

काठमाडौँ – भोजपुरको दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका-२ धोद्लेखानीको वडा कार्यालय र  पौवादुङमा गाउँपालिका-३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ  ।  पौवादुङमा-३ च्याङ्ग्रेको  वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् ।

रामप्रसादराई-२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन् । घटनाको जानकारी पाउनासाथ प्रहरी सो स्थानतर्फ गएको जिल्ला  प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए  । घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको बताइएको छ ।