हेटौडा–नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले हेटौँडाको बसामाडीमा थ्रीएस वर्कशप संचालनमा ल्याएको छ ।
सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा तथा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गरिश वागले संयुक्त रूपमा सो वर्कशपको उद्घाटन गरेका हुन् ।समारोहमा टाटा मोटर्सको कमर्सियल भेइकल अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी कम्पनीजका प्रमुख कार्य सञ्चालन अधिकृत राजेशप्रसाद गिरी, सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलियाका साथै सिप्रदीका कर्मचारीहरू र ग्राहकहरूको पनि उपस्थिति थियो ।