काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकले द्वारिकाज ग्रुपले विभिन्न रेस्टुरेण्टमा छुट अफर ल्याएको छ ।
एनआईसी एशिया बैंक र बत्तिसपुतलीको द्वारिकाज होटलबीच छुट अफर सञ्चालन गर्ने विषयमा द्धिपक्षीय सम्झौता भएको हो ।
यो सम्झौतापत्रमा सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशतसम्म छुट र बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।


जनता भ्वाइस 








